महायज्ञमा चौथो दिनसम्म झण्डै १२ लाख संकलन

सन्तोष पाण्डे
256 पाठक संख्या

सिमरा : बाराको पिलुवामा संचालित श्रीमद् तारतमसागर तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा चौथो दिनसम्म झण्डै १२ लाख आर्थिक संकलन भएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ रहेको कृष्ण प्रणामी मन्दिर संतसंग भवन पिलुवा बाराको गजुर निर्माण एवम् गुरुकुल संचालनका निमित्त उक्त महायज्ञ आयोजना गरिएको छ ।

महायज्ञको आईतबार चौथो दिन हो । चौथो दिनसम्ममा ११ लाख भन्दा बढि आर्थिक संकलन भएको महायज्ञ मुल समारोह समितिका सचिव विनोद कार्कीले जानकारी दिएका छ।

महायज्ञमा अहिलेसम्म सवैभन्दा बढी लिलाकुमारी खरेलले रु एक लाख २० रुपैया,नगद दान गर्नुभएको छ । यस्तै कुल प्रसाद खरेल तथा कृष्णमाय खरेलले पनि एक लाख ११ हजार नगद दान गर्नुभएको आयोजक समितिले जनाएको छ ।

महायज्ञमा बारा,पर्सा,रौतहट र मकवानपुर जिल्लाका विभिन्न स्थानहरुमा रहेका श्रीकृष्ण प्रणामी मन्दिर समितिहरुले पनि एकदिनको भोजन तथा नगद सहयोग गर्नुभएको आयोजक मुल समितिका अध्यक्ष चेतनाथ खरेलले बताउनुभयो ।

महायज्ञान मुख कथा बाचक भागवतचार्य बाणी विषारद शास्त्री नविन कृष्ण ढुंगेल र कथाबाचक बाणि विषारद बुद्धि प्रकाश लुईटेलले कथा बाचन गरी रहनुभएको छ भने भजन गायनमा भजन गायक संजय सापकोटाको टिमले रहेको आयोजकले बताएका छन ।

Leave a review