नागको पूजाआजा गरि बारा सहित देशभर नागपञ्चमी पर्व मनाइयो

साझेदारी दैनिक
255 पाठक संख्या

श्रावण शुक्ल पञ्चमीको दिन मनाईने नागको पूजा अर्थात नागपञ्चमी पर्व शुक्रवार मनाईएको छ ।

बैद्धिक परम्पराअनुसार देशभर नागको पूजा गरी यो पर्व मनाईएको । प्रत्येक वर्ष मनाईने नागको पूजा विशेषगरी नागको चित्र घरको मूल ढोकामा टास्ने चलन छ ।

घरको मूल ढोकामा नागको फोटो टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास गरिएको छ । यो अग्नि,मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।

वैदिक सनातनकालदेखिको नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने परम्परा चलि आएको छ । जसमा अनन्त,वासुकी,पद्म,महापद्म,तक्षक,कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई नागपञ्चमीको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिने चलन छ ।

यसैवीच नागपञ्चमीका अवसरमा बारा,पर्सा सहित देशभर नाग देवताको पुजाआजा गरी पर्व मनाईएको छ । नागपञ्चमीको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग,सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने धार्मिक मान्यता रहदै आएको छ ।

देशभरका नागदह,कुण्ड र नाग स्थानमा आजको दिन नाग पूजा गर्नेहरुको घुइँचो लाग्ने गरेको छ । नागको पूजा गरी गाईको दूध,अक्षता,दुबो,खीर,रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने चलन रहेको कलैयाका ज्योतिष पंडित छविरमण सुवेदीले साझेदारी दैनिकलाई बताउनु भयो । नागपञ्चमीसँगै अब चाडपर्वहरुमा सुरु हुने पंडित सुवेदी बताउनु हुन्छ ।

वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग,सर्पलगायतका जीवले शोषण गरी मानव लगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ ।

Leave a review

This will close in 0 seconds