पाँच सय केभीएको ट्रान्सफर्मर कृषि औजार कारखाना चलाउन भयो जडान

राम मण्डल
284 पाठक संख्या

वीरगञ्ज : राष्ट्रिय आविष्कार केन्द्रले काम गर्दै आएको कृषि औजार कारखाना वीरगञ्जमा विद्युतीय ट्रान्सफर्मर जडान गरिएको छ ।

कारखानामा पाँच सय केभीए क्षमताको विद्युतीय ट्रान्सफर्मर जडान गरिएको हो ।गत बुधबार आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले नयाँ विद्युतीय ट्रान्सफर्मरको रिबन काटी तथा स्विच थिचेर उद्घाटन गरेका हुन्।

कारखानामा ६५ केभीए क्षमता भएको अस्थायी ट्रान्सफर्मर हुदा पर्याप्त विद्युत पुग्न सकेको थिएन । पाँच सय केभीएको क्षमता भएको ट्रान्सफर्मर जडान भएपछि कारखानाको लागि चाहिने विद्युत पर्याप्त मात्रामा पुग्ने विश्वास महाविर पुनले व्यक्त गरे।

ट्रान्सफर्मर जडानको लागि राष्ट्रिय आविष्कार केन्द्रको १२ लाख र नेपाल विद्युत प्राधिकरणको १५ लाख रुपैयाँ गरी २७ लाख रकम खर्च भएको छ। नेपाल सरकारले चलाउन नसकेपछि बन्द गरिदिएको वीरगञ्ज कृषि औजार कारखानालाई पुनः सञ्चालन गर्ने जिम्मा महाविर पुनको राष्ट्रिय आवष्किार केन्द्रले लिएको छ ।

केन्द्रका ईन्जिनियरहरुले बिगत २३ महिनादेखि लागातार रुपमा कारखानामा काम गर्दै आएका छन । उनीहरुले हालसम्म १० किसिमको कृषि औजारहरु निर्माण गरिदिएका छन् ।

कारखानामा रहेका आधा दर्जन मेशिनहरुको पनि उनीहरुले मर्मत गरेका छन् ।गत बुधबारदेखि महाविर पुनले वीरगञ्जमा किताब बिक्री गर्न शुरु गरेका छन ।

घण्टाघर चोकबाट किताब बिक्री गर्न शुरु गरेका पुनले घडिअर्वा पोखरी,अलखिया मठ,वीरगञ्ज भन्सार कार्यालय लगायतका स्थानहरुमा पुगेर किता बिक्री गरिरहेका छन् ।कृषि औजार कारखाना सञ्चालनको लागि पुनले आफनो जिवनी कथाको किताब बिक्री गर्दै आएका हुन् ।

Leave a review

This will close in 0 seconds