बारामा दुई जना फरार प्रतिवादी पक्राउ

साझेदारी दैनिक
441 पाठक संख्या

कलैया : प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी बारा जिल्ला अदालतमा दाखिला गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो।

प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा मातहत रहेको प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका वारदात पश्चात फरार रहेका मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी बारा जिल्ला अदालत कलैयामा दाखिला गरिएको सो विज्ञप्तिमा जनाइएको छ।

ईलाका प्रहरी कार्यालय निजगढले निजगढ वडा नम्बर ८ खैरघारीकी ५१ वर्षीय बिमला बुढाथोकीलाई नियन्त्रणमा लिएको हो। उनलाई लागु औषध मुद्दामा पाँच महिना २८ दिन कैद तथा दुई हजार रुपैयाँ दण्ड सजायको आदेश दिएको हो।

चोरी मुद्दामा एक महिना १५ दिन कैद सजाय पाएका तथा १० हजार रुपैयाँ दण्ड सजाय पाएका कलैया १० मटिअर्वाका जियालाल साह तेलीलाई मटिअर्वा प्रहरी चौकीले नियन्त्रणमा लिएको हो।

Leave a review