किराना पसलबाट एक लाख एकाउन्न हजार लागु औषध बरामद,पसले परे पक्राउ

साझेदारी दैनिक
282 पाठक संख्या

वीरगञ्ज : वीरगञ्जको एक किराना पसलबाट पर्सा प्रहरीले ठुलो परिमाणको लागु औषध बरामद गरेको छ।

लागू औषध सहित प्रहरीले पसलेलाई पनि पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१ बस्ने राजाराम महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषधको खरिद बिक्री भइरहेको सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले कोइरीको पसलमा छापामारी गरेको थियो ।सो क्रममा उनले सञ्चालन गरेको श्रृष्टी किराना जेनरल स्टोरमा प्रतिबन्धित लागु औषध लुकाइ छिपाई राखिएको अवस्थामा बरामद गरेको हो।

प्रहरीले पाँच कार्टुनभित्र रहेको प्रतिबन्धित लागुऔषध ट्रमाडोल हाइड्रोक्लोराइड ५० एमजीको एक लाख ५१ हजार ८६० पिस बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।

लागु औषध सहित पक्राउ परेका पसले कोइरी विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको लम्सालले बताए ।

Leave a review