मनसुनजन्य प्राकृतिक विपद पूर्व तयारी तथा प्रतिकार्य प्रति नेपाल विद्यार्थि संघ बाराले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण
पत्र बुझाएको छ ।
नेविसंघ बाराका अध्यक्ष समिर चौधरीको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा यो वर्ष हालसम्म कै सबभन्दा धेरै वर्षा हुने आकलन मौसम तथा विज्ञान पुर्वानुमान महाशाखाले गरेको उल्लेख गरिएको छ ।
संघले जोखिमको सामना गर्न राम्रो पूर्व तयारीको आवश्यकता रहेको ज्ञापनपत्रमा लेखेको छ ।
मनसुनजन्य विपदबाट हुन सक्ने जोखिम,दैनिक जीवनयापनमा आइसक्ने कठिनाईलाई दृष्टिगत गरी तयारी राम्रोसंग गर्न ध्यानाकर्षणपत्रमा प्रशासनलाई भनिएको छ ।
विपद घटनामा घाइतेहरुको शिघ्र उद्धार गर्न एम्बुलेन्स तयार राख्न भनिएको छ । विपद प्रतिकार्य तत्काल गर्न लगायतको विषयमा केन्द्रित रही ज्ञापनपत्र दिइएको हो ।


