कलैया : राजेश कुशवाहा/ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १७ सुराहीमा सिचाईका लागि जडान गरिएको कृषि ट्रान्फरमरको महत्वपुर्ण पाटपुर्जा सोमबार राति चोरी भएको छ।
हतियार सहित चार जनाको संख्यामा आएका अज्ञात चोर समुहले कृषि ट्रान्फरमरको महत्वपुर्ण पाटपुर्जा चोरेर लगेको वडा अध्यक्ष दिपेन्द्र कुशवाहाले जानकारी दिएका छन । चोर समुहले ट्रान्फरमरको क्वायल लगायतको पाटपुर्जा चोरेर लगेको वडा अध्यक्ष कुशवाहाले बताए ।
वडा सदस्य लक्ष्मी कुर्मी र उनका श्रीमति लाई चोर समुहले तीन घण्टा बन्धक बनाएको पिडीत कुर्मीले बताए ।कुर्मी दम्पती आफनो खेतमा लगाएको गहुँ बालीमा सोमबार बिहानै देखि बिधुतिय मोटरले सिचाई गरीरहेका थिए ।
राति खाना खाएर खेतमा राति १२ बजे बिधुतिय मोटर बन्द गर्न गइरहेको अवस्थामा चोर समुहले कुर्मी दम्पतीलाई बिहान ३ बजे सम्म तीन घण्टा बन्धक बनाएका थिए।
चोर समुहले ट्रान्फरमरको महत्वपुर्ण पाटपुर्जा चोरी सकेपछि श्रीमान श्रीमतिलाई मुक्त गरेका थिए।चोर समुहले कृषि ट्रान्फरमरमा क्षति पुरयाएपछि सुराही र ब्रहम्पुरीका सयौ किसान मारमा परेका छन।उनीहरु बालीनालीमा कसरी सिचाई गर्ने भी चिन्तीत बनेका छन ।
बिगत पांच महिना पहिले सोही वडाको ब्रहम्पुरीमा जडान गरिएको कृषि ट्रान्फरमरको महत्वपुर्ण पाटपुर्जा चोरेर लगेका थिए । भने बिगत एक हप्ता पहिले चोर समुहले ब्रहम्पुरीका रामअशिष महतोको खेतमा रहेको वाटर पम्प समेत चोरेर लगेका छन।
बिगत तीन चार बर्ष देखि बारामा चोरहरुको बिगबिगी बढेको छ । यता चोर समुहको खोजतलाश भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

