वीरगञ्जमा नेक्सस् एजुकेसन सञ्चालनमा

साझेदारी दैनिक
488 पाठक संख्या

पर्सा : मधेश प्रदेशको शैक्षिक विकासमा नयाँ आयाम थप्दै नेक्सस् एजुकेसन प्रा.लि. वीरगंजमा सञ्चालनमा आएको छ ।

घण्टाघर नजिक सञ्चालनमा आएको नेक्सस् एजुकेसनको उद्घाटन मधेश प्रदेशका सदस्य तथा पुर्ब मन्त्री रहबर अंसारीले एक विशेष समारोहका बीच रिबन गरेका हुन् ।

सञ्चालनमा आएका नेक्सस् एजुकेसनले विद्यार्थीहरूका लागि विभिन्न प्रकारका शैक्षिक तथा प्राविधिक सेवाहरू उपलब्ध गराउने संस्थाका प्रबन्ध निर्देशक मुसरफ आलमले जानकारी दिए ।

नेक्सस् एजुकेसनमा मेडिकल र इन्जिनियरिङ्ग प्रवेश परीक्षाका लागि गुणस्तरीय तयारी कक्षाहरू,ब्रिज कोर्स,सिटिभिटी तालिमहरू,बाहिर जाने कन्सल्टेन्सी सेवा,कम्प्युटर कोर्स लगायतका सेवाहरु उपलब्ध छन् ।

उद्घाटन कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरू,विद्यार्थी,अभिभावक र स्थानीय नागरिकहरूको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री एवम् प्रदेश सांसद अन्सारीले भने, “ नेक्सस् एजुकेसनको स्थापना वीरगंज क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र प्राविधिक तालिम प्रदान गर्न महत्वपूर्ण साबित हुने शुभकामना दिन चाहन्छु।“

उद्घाटन कार्यक्रममा समाजसेवी लवकुश बैठा,बिजय यादब,राजकुमार यादब,युवा उत्प्रेरक बक्ता कृष्ण मोहन सहनी लगायतको सहभागिता रहेको थियो ।

Leave a review