मोटरसाईकल र मानिस प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
433 पाठक संख्या

बारा प्रहरीले ८७ हजार पाँच सय रुपैयाँ बराबरको अबैध सामान सहित मोटरसाईकल र मानिसलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले जिल्लाको विभिन्न स्थानमा गाडिहरूलाई रोकी जाँच गर्ने क्रममा मोटरसाईकल र मानिसलाई नियन्त्रणमा लिएको हो ।

विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेकोे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर ५ बरेवा स्थित भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको तरकारी सहित मोटरसाइकल र मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले बि.आर ०५ ए.एफ ०६७६ र बि.आर ०५ एजे ७५४९ नम्बरको मोटरसाईकललाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको बिहार विजवनि बस्ने अन्दाजी २४ वर्षीय मनिस कुमार र बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३८ वर्षीय उपेन्द्र कुशवाहा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलिले जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको ना ५ ख १७५१ नम्बर बसको डिक्कीमा लुकाई छिपाई राखेको टेन्टको कपडा १९ बन्डल अन्दाजी मूल्य रु. ४७ हजार ५ सय रुपैयाँ बराबरको बिलबिजक नभएको प्रहरीले जनाएको छ ।

सामान सहित मोटरसाईकल र मानिसलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Leave a review