वीरगन्ज : किसानको धानमा आगो लगाउनेलाई कारवाहीको माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाइ मंगलबार ज्ञापनपत्र बुझाइएको छ।
जनता समाजबादी पार्टी नेपालले किसानको धानमा आगो लगाउने दोषीलाइ कारवाहीको माग गर्दै वीरगञ्जमा बिरोध जुलुससहित पर्साका सिडिओ गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको हो।
वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरका किसान हरिन्द्र यादवको धान बालीमा अराजक र अपराधिक तत्वले आगजनी गरि नष्ट गरेको जसपा नेपाल पर्साले जनाएको छ। उसले दोषीलाई कारवाही र पीडित लाई क्षतिपूर्ति दिन माग समेत गरेको छ।
बिरोध -यालि पश्चात् जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको थियोे । गएको पुस ६ गते वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरमा जसपा नेपालका रास्ट्रिय अध्यक्ष उपेन्द्र यादव सहभागी हुने कार्यक्रम रहेकोमास्थानीय हरिन्द्र यादवले आफ्नो जग्गा उपलब्ध गराएका थिए।
सोही रिसिइबीमा दुई सय दस क्वीन्टल धानमा आगो लगाइएको पीडित यादवले दुखेसो व्यक्त गरेका छन्।
पुस ९ गते नै आगजनीमा संलग्न दोषीलाई कारवाही गर्न निवेदन दिएको भएपनी हालसम्म दोषी पक्राउ नपरेकोले जसपा नेपालले बिरोध स्वरुप ज्ञापनपत्र बुझाएको जनाएको छ।

