वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले बिपि उद्यानमा रहेको बजार खाली गर्न एक साताको समय दिदै सूचना जारी गरेको छ ।
महानगरले पुस १२ गते एक सूचना जारी गरि एक हप्ताको समय दिएको हो ।महानगरले घन्टाघरको उतर तर्फ रहेको बिपि उद्यानको जग्गामा संचालित तरकारी तथा फलफूलको बजार हटाउन भनेको हो।
त्यहाँ सञ्चालनमा रहेको तरकारी तथा फलफूल ब्यवसायीको लागि महानगरकै वडा नम्बर–१६ नगवाको कृषि बजार निर्धारण गरिएकोले सोही स्थानमा जान महानगरले सूचनामार्फत जानकारी गराएको छ।
तोकिएको समयभित्र पसल नहटाए पसल खाली गराउन लाग्ने खर्च पनि सम्बन्धित ब्यावसायीले नै बेहोर्नुपर्ने सूचनामा भनिएको छ ।
यसअघि पनि उक्त जग्गामा रहेको बजार हटाउन महानगरले १५ दिने सूचना जारी गरेको थियो।उक्त म्याद पुस १० गते समाप्त भएको थियोे।

