पर्सामा ७ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 306 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पर्सामा एक नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ७ बर्षीय बालिकालाई १० रुपैया दिएर जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले एक युवक पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ निवासी ३६ बर्षका प्रमोद सर्राफ रहेका छन । वडा नम्बर २४ स्थित डेरामा बस्ने एक अभिभावकले आफना छोरीलाई डेरामा छोडेर काम गर्न गएको बेला ती युवकले बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका सर्राफले ७ बर्षिय बालिकालाई ललाई फकाई आफनै घरमा लगेर बलात्कार गरेका थिए । बालिकाको बुवाले प्रहरीमा जाहेरी दिएपछि बलात्कारमा संलग्न युवकलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिएका छन ।

पक्राउ परेका युवकलाई जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review