इस्वी संवतको नयाँ वर्ष २०२५ उल्लासका साथ मनाईयो

साझेदारी दैनिक
325 पाठक संख्या

कलैया : राजेश कुशवाहा/ बारामा ईस्वी संवतको नयाँ वर्ष २०२५ उल्लासका साथ मनाइएको छ।

जिल्लाको १६ पालिकाका युवा युवतीहरुले बिक्रम संवतको नयाँ बर्ष जस्तै ईस्वी संवतको नयाँ बर्ष उल्लासका साथ मनाएका हुन्।

बाराको कलैया स्थित लंगडा मठ,ब्रहम्पुरीको सिसोघारी,प्रसौनी गाउँपालिकास्थित किरकिचहा खोला,सुराही,बन्जरिया,उत्तरझिटकैया,मझौलिया,दोहरी लगायतका स्थानमा नयाँ बर्ष मनाउनेहरुको घुईचो लागेको हो।

यसैगरी चारकोशे झाडी स्थित सहजनाथ महादेव मन्दिर,गढीमाई मन्दिर,सिम्रौनगढ स्थित रानीवास मन्दिर,झरोखर पोखरी,लगायतका स्थानमा नयाँ वर्ष मनाउनेहरुको भिड लागेको छ।

नयाँ वर्ष मनाउनका लागि छिमेकी देश भारतका युवायुवतीहरु नेपालको बिभिन्न स्थानमा आउने गरेका छन्।उनीहरु एक अर्कालाई ईस्वीसंवतको नयाँ वर्षको शुभकामना साटासाट गरेका छन्।

पछिल्ला केही वर्ष देखी नेपालमा पनि ईस्वी संवतको नयाँ वर्ष उल्लासका साथ मनाउन थालिएको छ।

Leave a review