कलैया :आगलागी नियन्त्रण सम्बन्धी बिहीबार जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
कलैया उपमहानगरपालिका वडा नं. १ स्थित जिल्ला प्रहरी कार्यालयको प्राङगणमा सो कार्यक्रम भएको हो।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काको उपस्थितिमा सो कार्यक्रम भएको हो।
मधेश प्रदेश बिपद् व्यवस्थापन कार्यालय वीरगंज पर्साबाट खटि आएको प्रहरी कर्मचारीहरुले जनचेतना दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय तथा मातहत गरि ६० जना प्रहरी कर्मचारीहरू लगायत २० जना स्थानिय मानिसहरूको सहभागितामा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


