कलैया उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि एक अर्ब ५१ करोड ९१ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
बाराको कलैयास्थित करणराज पार्टी प्यालेसको सभाहलमा सोमबार एक कार्यक्रम बीच कलैया उपमहानगरपालिकाले १३ औं नगरसभा आर्थिक वर्ष २०८१÷०८२ का लागि १ अर्ब ५१ करोड ९१ लाख ३३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको हो ।
शैक्षिक,प्रशासनिक,पर्यटकीय शहर स्वच्छ,समुन्नत कलैया नगर,कृषि र पूर्वाधार समृद्ध कलैयाको आधार मूल नाराका साथ १३ औं नगर सभा सम्पन्न भएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कलैया उपमहानगरपालिकाकी उप–प्रमुख रौशन परविनले आर्थिक वर्ष २०८१\०८२ का लागि बजेट ल्याएको बताइन्।
संघ सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान घटेपछि गत आर्थिक वर्षको तुलना यस आर्थिक वर्षको लागि कम बजेट ल्याएको उनले बताइन्।
कलैया उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा १ अर्ब ५३ करोड २८ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो।
यस आर्थिक वर्षमा नेपाल सरकारबाट समानिकरण अनुदान २५ करोड ५२ लाख,शसर्त अनुदान ५४ करोड ४४ लाख,शसर्त अनुदान पुँजीगत ६ करोड ५१ लाख,समपुरक अनुदान १ करोड,मधेस प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड ९५ लाख ८८ हजार,सशर्त अनुदान पूँजिगत १ करोड २५ लाख,बिशेष अनुदान ३० लाख,समपुरक अनुदान २० लाख प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै राजस्व बाँडफाँड प्रदेश सरकारबाट २७ करोड,राजस्व बाँडफाँड स्थानीय तर्फबाट ६ करोड ९८ लाख ४५ हजार,राजस्व बाँडफाँड संघिय सरकारबाट २० करोड ५ लाख,आन्तरिक श्रोतबाट ३० करोड र आन्तरिक श्रोत बैंकमा मौज्दात १ करोड गरी जम्मा १ अर्ब ५१ करोड ९१ लाख ३३ हजार बजेट ल्याएको हो।
यस्तै यस वर्ष कलैयाले गर्ने अनुमानित व्यय (खर्च) विवरण पनि सार्वजनिक गरेको छ। यस आर्थिक वर्ष २०८१÷०८२ मा उपमहानगरले नेपाल सरकारको चालु खर्चको अनुदानबाट ३४ करोड ५९ लाख ३३ हजार,पूँजीगत खर्च वापतको अनुदानबाट ५३ करोड ६२ लाख,चालु खर्चको शसर्त अनुदानबाट ५४ करोड ४४ लाख,पूँजिगत खर्चको ६ करोड ५१ लाख,समपुरक खर्च संघको अनुदानबाट १ करोड,पुँजीगत खर्चको शसर्त प्रदेश सरकारको १ करोड २५ लाख,बिशेष खर्चको अनुदानबाट २० लाख,बिशेष खर्चको प्रदेश तर्फबाटै ३० लाख गरी जम्मा १ अर्ब ५१ करोड ९१ लाख ३३ हजार खर्च गर्ने जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बिनोद साहले कलैयाको विकासका लागी कसैको प्रभाव वा दबाबमा कलैया सरकार पछि नहट्ने बताउदै यसका लागि नगर बासिले समेत साथ दिइरहेको बताएका छन् ।
कलैया बजारको कायापलट भैरहेको र यसमा सारा नगरबासी आफ्नो साथमा देखिएको साथै चैत्र मसान्त भित्रै मानवत मटिअर्वा सडकखण्डको बाटो सम्पन्न हुने उनले बताए ।
सो नगरसभामा पालिका उत्कृष्ट कर्मचारी,करदाता,जग्गादाता तथा उत्कृष्ट शिक्षकहरुलाई नगद र सम्मान पत्र सहित सम्मानित गरिएको थियोे ।
उक्त नगरसभामा कलैया उपमहानगरपालिकाका नगर प्रमुख साह,प्रमुख प्रशासकीय अधिकृत नाथु साह,२७ वटै वडाका वडा अध्यक्ष,नगरसभा सदस्य,शिक्षक,कर्मचारी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।
सो कार्यक्रममा स्वागत मन्तब्य प्रमुख प्रशासकिय अधिकृत नाथु साहले गरेका थिए । नगर सभाको संचालन जिन्सी शाखा प्रमुख नरोत्तम अधिकारीले गरेका थिए ।

