बारा : गणित बिषयमा बिद्यार्थीहरु बढी अनुत्तिर्ण भएपछि जीतपुरसिमरा उपमहानगरपालिकाले गणित पढाउने शिक्षकहरुलाई तालिम प्रदान गरिरहेको छ।
सामुदायिक विद्यालयमा गणित विषय अध्यापन गर्ने शिक्षकका लागि क्षमता विकास तालिम सुरु गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा आयोजित तालिमको एक कार्यक्रमकाबीच नगर प्रमुख राजन पौडेलले शुक्रबार देखि शुभारम्भ गरेका हुन् ।
तालिममा कृष्ण गोसाईं,वीरेन्द्र वीर कर्माचार्य,मन्जु बस्यालले प्रशिक्षण दिनेछन्। उपमहानगरपालिकाको शिक्षा,युवा तथा खेलकुद महाशाखाको आयोजनामा सुरु भएको तालिम पाँच दिन सम्म चल्ने छ।
सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म गणित पढाउने शिक्षकहरुको तालिममा सहभागिता रहेको छ।

