Sajhedari Daily
Latest News from Nepal

हुण्डी कारोवार गर्ने दुई भारतीय नागरिक ७ लाख रकम सहित पक्राउ

राम मण्डल /
हुण्डी कारोबार गरेको आरोपमा दुई जना भारतीय नागरिक वीरगञ्जबाट पक्राउ परेका छन। प्रहरीले स्रोत नखुलेको ७ लाख रकम सहित भारत, पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल वडा नम्बर २५ बस्ने ४० बर्षिय संजय कुमार गुप्ता र ३७ बर्षिय बिनोद कुमारलाई पक्राउ गरेको हो ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ बीआर ०५ एडी ६८६९ नम्बरको भारतीय मोटरसाईकलमा सवार भई आउदै गरेको बेला प्रहरीले चेकजाँच गर्ने क्रममा दुबै जनालाई वीरगज १६ रजत जयन्ती चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट स्रोत नखुलेको नेपाली ७ लाख रुपैया बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन ।

पक्राउ परेका दुबै जनालाई वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Comments are closed.

error: Content is protected !!