अपराधिक उपद्रव मुद्धामा नगरउद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष गुप्ता सहित दुई जना पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 172 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादव/

जीतपुरसिमरा नगरउद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनोज गुप्ता सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बरिष्ठ उपाध्यक्ष गुप्ता र जीतपुर निवासी सुनिल साह कानु रहेका छन् । अपराधिक उपद्रव कसुरमा दुबै जना बिरुद्ध मुद्धा चलाईएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

जिल्ला अदालतबाट प्रहरीले तीन दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । फकिरा गिरी राजेश्व गिरी माध्यमिक बिद्यालयको जग्गा नाप्ने क्रममा बिवाद भएको थियो ।गिरी परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालय बारामा वडा नं.७ का वडाअध्यक्ष सुनिल गुप्ता सहित ६ जना बिरुद्ध. किटानी जाहेरी परेको छ ।

आपराधिक उपद्रव मुद्धा के हो ?

दोषि ठहर भएमा आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानी, नोक्सानी भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ मा आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरको व्यवस्था छ ।

दफा ३ मा भनिएको छ,‘ (ङ) खण्ड (क), (ख), (ग) वा (घ) मा लेखिएदेखि बाहेक अरु कुनै काम गरी आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानि, नोक्सानी भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना ।

’संहिताअनुसार हूल हुज्जत गरी वा नगरी अनधिकृत रुपमा अर्काको स्वामित्व वा कब्जामा रहेको कुनै सम्पत्तिमा त्यस्तो व्यक्तिको अनुमति नलिइ प्रवेश गरेमा वा अनुमति लिइ प्रवेश गरेकोमा त्यस्तो कुनै काम गर्ने नियतले सो सम्पत्तिमा बसिरहेमा, ओगटेमा वा सम्पत्ति उपभोग गरी रहेमा निजले आपराधिक प्रवेश गरेको मानिनेछ ।

कसैले कसैको सम्पत्तिमा आपराधिक प्रवेश गर्न वा गराउन नहुने प्रावधान छ।जुन व्यक्तिको स्वामित्व वा कव्जामा सम्पत्ति रहेको छ त्यस्तो व्यक्तिलाई डरत्रास देखाउने, अपमान गर्ने वा झिझ्याउन गर्न हुँदैन ।

कुनै सरकारी कार्यालय वा मानिस बसोबास गरेको घरमा प्रवेश गरेको भए छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ।

समाचार शेयर गर्नुहोस
Leave a review