बारा जिल्ला अदालत बार एशोसिएसनमा उमेशप्रसाद जयसवाल

साझेदारी दैनिक
350 पाठक संख्या

कलैया : बारा जिल्ला अदालत नेपाल वार एशोसिएसन एकाईको जिल्ला समितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।

एकाईको अध्यक्षमा उमेशप्रसाद जैसवालको एकल उम्मेदवारी परेकोले जैसवाल निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक ओमप्रकाश केशरीले अन्तिम नामावली बुधबार प्रकाशन गर्दै जनाएका हुन्।

एकाईको उपाध्यक्षमा चन्द्रिकाप्रसाद यादव,सचिवमा समसुदिन हवारी,कोषाध्यक्षमा सूर्यजित सिंह निर्विरोध निर्वाचित भएका हुन्।

सदस्यहरुमा मुकुन्द अधिकारी,देवबहादुर चौधरी,सुशीलकुमार लाल दास,पुजाकुमारी सिंह,उमेशकुमार साह,पवन कुशवाहा,प्रेमलाल चौधरी (सानो) निर्विरोध निर्वाचित भएका हुन्।

यस्तै पार्षदमा एकरामुल हक र योगेन्द्र प्रसाद धानुक रहेको निर्वाचन संयोजक केशरी द्वारा प्रकाशित अन्तिम नामावलीमा जनाइएको छ।

Leave a review

This will close in 0 seconds