रुपेश स्वर्णकार हत्या प्रकरण : न्यायको माग गर्दै बाराको सदरमुकाममा तेस्रो दिन मैनबत्ती बाली मौन प्रदर्शन

साझेदारी दैनिक
413 पाठक संख्या

कलैयाबासीहरुले शनिबार तेस्रो दिन मौन प्रदर्शन गरेका छन् ।

उनीहरुले प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यारालाई पक्राउ गरी न्यायको माग गर्दै प्रदर्शन गरेका हुन् ।

बाराको सदरमुकाम कलैया स्थित रहेको भरत चौकमा तेस्रो दिन मैनबत्ती बालेर उनीहरुले मौन प्रदर्शन गरेका छन् ।

कलैया उपमहानगरपालिका –६ मा रहेको बाल एकता ईगलिश बोर्डिङ स्कुलका प्रिन्सिपल स्वर्णकारलाई न्याय दिनु पर्ने माग गर्दै एक हजार भन्दा बढी कलैयाकाबासीहरुले भरत चौकमा मैनबत्ती बालेर मौन प्रदर्शन गरेका हुन् ।

उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न माग गरेका छन् ।

प्रहरीले थालेको अनुसन्धानको विरोधमा मृतकका परिवारजनबाट असन्तुष्टि बाहिर आएपछि कलैयाबासीहरु प्रहरीको कदमको विरोध स्वरुप दीप प्रज्वलन गरेका छन् ।

कार्तिक १३ बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल स्वर्णकारलाई गोली प्रहार गरी हत्या भएको थियो ।
स्व.स्वर्णकारको आत्माको शान्तिका लागि मौनबत्ती समेत उनीहरुले बालेका हुन् ।

मृतक स्वर्णकारको तस्वीरमा न्याय देउ लेखेको बैनर सहित उनीहरुले मौन प्रदर्शन गरेका थिए ।

मैनबत्ती प्रज्वलन कार्यक्रममा परिवारजन, प्याब्सन र एन प्याब्सन बाराका सदस्यहरु, यूवा,विधार्थी,शिक्षक,कर्मचारी,नागरिक अगुवा,समाजसेवी,राजनीतिक दलका प्रतिनिधि,नेबि संघका केन्द्रिय सदस्य नेजामुदिन अन्सारी,कलैया सिटि जेसीजका पदाधिकारीहरु,२०२१ का पुर्व अध्यक्ष शम्भु गुप्ता,२०२२ का अध्यक्ष सन्दिप बरै,आदिल अन्सारी,कलैया उपमहानगरपालिका–१ का वार्ड सदस्य शशी दास सन्नी जैसवाल तथा अधिकारकर्मीहरु लगायतको सो कार्यक्रममा सक्रिय सहभागिता रहेको थियोे ।

घटनामा मुख्य अभियुक्त भनिएका व्यक्तिहरुलाई पक्राउ गर्नका लागि दवाव सृजना गर्न मैनवत्ती प्रज्वलन गरिएको हो ।

Leave a review

This will close in 0 seconds