दलित बालवालिकालाइ गरियो वितरण न्यानो कपड़ा

साझेदारी दैनिक
284 पाठक संख्या

वीरगञ्ज : चिसोबाट वच्न दलित बालवालिकाहरुलाइ जन सेवा नामक समाजिक संस्थाले न्यानो कपड़ा वितरण गरेको छ।

संस्थाका संयोजक बृजेश्वरप्रसाद चौधरीको नेतृत्वमा बिहीबार पर्साको जगरनाथपुर गाउँपालिका–४ बिर्ता टोलमा न्यानो कपडा बितरण गरिएको हो।उक्त टोलमा रहेको अध्ययनरत दलित बालबालिकाहरुलाई ४५ थान स्वेटर टोपी वितरण गरिएको हो।

उक्त न्यानो कपड़ा एक हप्ता पहिला राज होजियारीद्वारा जन सेवा लाइ उपलब्ध गराइएको थियो।

कपडा वितरणको अवसरमा संयोजक चौधरीसंगै सदस्यहरु शुभावती देवी,स्थानीय सन्तोष कुमार राम,सरोज प्रसाद रौनियारका साथै ति बालवालिकाहरुलाइ ट्यूशन पढाई रहेकी शिक्षिका शिवरति देवी राम लगायतको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds