देवताल गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिंङ्ग शिल्ड प्रतियोगिता सुरु

साझेदारी दैनिक
416 पाठक संख्या

कलैया । देवताल गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिंङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।

बाराको देवताल गाउँपालिकास्थित धुराहा श्री नेपाल राष्ट्रिय आधारभुत बिधालयको प्राङ्गणमा विहिवारदेखि राष्ट्रपति रनिंङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।

उक्त प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले खेलकुद र खेलाडी राष्ट्रको गहना भएको बताएका छन्।

साथै यस गाउँपालिकामा रहेको माध्यमिक विधालयहरुले विधार्थीलाई खेलकुद गराउन आग्रह गर्दै खेलकुदले मानव संसारको आफू‌भित्र संस्कार उब्जाउने माध्यम भएको जिकिर गरेका छन्।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले यो चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भईरहेकोमा आफ्नो कार्यकालमा नै दोस्रो पटक भएको बताएका छन्।

साथै खेलाडीहरुले गर्दा घरपरिवार,समाज र पालिका जिल्ला,प्रदेश र सिंङ्गो नेपालको पहिचान हुने भएकोले खेलकुदमा रुची राख्नुपर्ने बताएका छन्।

उक्त कार्यक्रममा देवताल गाउँपालिकाका इन्जिनियर औलिक महम्मद दर्जी,नेपाल पत्रकार महासंघ मधेस प्रदेशका नव निर्वाचित कोषाध्यक्ष अनिल कुमार गौरव,श्यामसुन्दर प्रसाद जैसवाल,मिश्रीलाल सहनी, जसपा पार्टीका गाउँ कमिटीका राम नारायण मन्डल, नेकपा एमाले पार्टीका जोखु प्रसाद सहनी,वडा न ५ का वडा अध्यक्ष सुरेश प्रसाद साह,वडा न. ७ का वडा अध्यक्ष सतेन्द्र प्रसाद यादव लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सो कार्यक्रमको संचालन शिक्षक रामनारायण महतोले गरेका थिए ।

Leave a review

This will close in 0 seconds