गणतन्त्र बलियो भईसकेको दावी पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका राष्ट्रिय अध्यक्ष माधव नेपालले बताएका छन् ।
उनले सोमबार वीरगञ्जमा पार्टीले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले गणतन्त्रलाई संस्थागत गर्दै अघि बढनुपर्ने जनाएका हुन् ।
गणतन्त्र बलियो हुदै गएकोले देशमा अब राजाको आवश्यकता नरहेको उनले बताए । देशका सबै जनताहरु मिलेर एक आपसमा सदभाव बढाउदै जाने उनले बताए । उनले देशको विकासमा लाग्नुपर्ने कुरामा उनले जोड दिए ।
उनले कसैको वंशको देशलाई आवशयकता नरहेको बताए ।नेपालमा पनि नयाँ नयाँ उद्योगहरु खोलेर देशकै लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको जनाए । नेता नेपालले पर्यटन, चिया उद्योग सिमेन्ट लगायतका उद्योगहरुको सम्भावना प्रशस्त रहेको जानकारी दिए ।अहिलेको भन्सार नीतिका कारण उद्योगी ब्यवसायीहरु निरुत्साहित भएको उनले जनाए ।
यसमा सरकारले गम्भीर चिन्तन गर्न आवश्यक रहेको उनको कथन थियो । अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि राय सुझाव पेश गर्न उनले उद्योगी ब्यवसायीहरुसित आग्रह गरे । उद्योगी ब्यवसायीबाट आएको सल्लाह अनुसार सरकारलाई त्यसमा लाग्न आग्रह गरे ।
यसको लागि आफनो पार्टीले प्रेरित गर्ने उनको भनाई थियो । बिदेशीलाई लगानीको लागि आकर्षित गर्नु भन्दा पहिले नेपालकै लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न आवश्यक रहेको उनले बताए ।
सरकारको त्यस्तो किसिमको नीति नरहेको जिकिर उनले गरे ।नेपालमै उत्पादन गर्न सकिने सामानहरुलाई आयात गर्नको लागि छुट दिने गरिएको उनको भनाई थियो ।जनताको समस्यामा केन्द्रित हुनको लागि सरकारसित उनले आग्रह गरे ।
अहिलेको अवस्थामा सबैको बिचारलाई समेटेर अघि बढनुपर्ने उनले बताए । पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरीले नेकपा एकीकृत समाजवादी पार्टी बिना देशको राजनीति र सरकार चल्न नसक्ने दाबी गरेका थिए ।
कार्यक्रममा बिभिन्न पार्टी छाडेर सयौ नेता कार्यकर्ताहरु नेकपा एकीकृत समाजबादी पार्टीमा प्रबेश गरेका छन् ।कार्यक्रमको सहजीकरण बिक्रम चौरसियाको थियो ।
पार्टीका नेता पुर्ब मन्त्री एवम् बारा ४ का साँसद किसान श्रेष्ठ,संबिधान सभा सदस्य रामचन्द्र साह पार्टीका पर्सा अध्यक्ष बालगोपाल थापा लगायत नेता कार्यकर्ताहरुको सो कार्यक्रममा सहभागिता रहेको थियो ।


