कलैया : खानेपानी मन्त्री प्रदिप यादवले नवनिर्वाचित कलैया सिटी जेसिज २०२५ का अध्यक्ष ओमप्रकाश कुमार सरार्फलाई सम्मान गरेका छन् ।
खानेपानी मन्त्री यादवले नवनिर्वाचित कलैया सिटी जेसिज २०२५ का अध्यक्ष सरार्फलाई आफ्नै कार्यकक्षमा सम्मान गरेका हुन्।
मन्त्री यादवले उनलाई बधाई एवम् सफल कार्यकालको शुभकामना समेत दिएका छन्।
कलैया सिटी जेसिजको १५ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट वर्ष २०२५ का लागि सरार्फ निर्वाचित भएका थिए।

