वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

प्रदेश २ लाई यातायात मैत्री बनाईने – मुुख्यमन्त्री राउत

रञ्जन यादव /
प्रदेश नम्बर २ का मुुख्यमन्त्री लालबाबुु राउतले प्रदेश २ लाई यातायात मैत्री बनाउँन आफुु तयार रहेको बताएका छन ।
तराई यातायात ब्यवसायी संघ, सिमरा बाराको १५ औँ बार्षिकसधारण सभाको उद्घाट्न गर्नुुहुुँदै मुुख्यमन्त्री राउतले प्रदेश सरकार सधै यातायात ब्यवसायीहरुको साथमा रहने बताएका छन ।

उहाँले कर्मचारीतन्त्र सरकारमा हाबी भएका कारण प्रदेश सरकार चाहेर पनि सोच जस्तो काम गर्न नसकिरहेको दुुखेसो गर्नुुभयो । प्रदेश सरकारलाई योजनाबद्ध केन्द्र सरकारले कमजोर बनाएका कारण प्रदेश सरकार बिकासमा फड्को मार्न नसकिरहेको बताएका हुन ।

मुुख्यमन्त्री राउतले आफनो अधिकार क्षेत्रभित्र रहेका यातायात ब्यवसायीहरुको समस्यालाई यथाशिघ्र समाधान गर्न तयार रहेका बताए ।

तराई यातायात ब्यवसायी संघका अध्यक्ष शंकर कुुमार बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रक यातायात ब्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, तनहुुँ जिल्लाका प्रतिनिधि सभा सदस्य कृष्णकुुमार श्रेष्ठ, नेपाल ट्रक यातायात ब्यवसायी महासंघका निबर्तमान अध्यक्ष अर्जुुन रानाभाट, संबिधान सभा सदस्य शोभाकर पराजुुली लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा यातायात ब्यवसायीहरुले सरकारसँग यातायात सञ्चालन गर्न सहज बाताबरण बनाईदिन अनुुरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!