प्रधानमन्त्री कप खेल्ने मधेशको महिला टोलिको कप्तानमा सरस्वती

साझेदारी दैनिक
349 पाठक संख्या

निजगढ :नवराज चौलागाईं : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने मधेश प्रदेशको १४ सदस्यीय टोलि सरस्वती चौधरीको कप्तानीमा घोषणा भएकोछ ।

धनगढीमा जारी प्रतियोगिता खेल्न मधेश प्रदेश क्रिकेट संघले मंगलबार टोलिको घोषणा गरेको हो। मधेश प्रदेश टोलिमा साक्षी यादव ( उपकप्तान ),प्रतिमा साह,चादनी खातुन,भूमि सिंह, मोनिका साह,श्रेया थापा,अनु चौधरी,बन्दना रजक,रोजी कडारी,शिवानी साह,सिमा कुवर,प्रज्ञा क्षेत्री र दीपा राम रहेकी छन्।

टिमको प्रशिक्षकमा बिकल बिष्ट,व्यवस्थापकमा बिनय यादव र फिजियो भिडियो एनालिस्टमा समीर नेपाल रहेका छन्।

मधेश प्रदेश स्तरिय प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगीता मार्फत मधेश प्रदेश क्रिकेट संघले खेलाडीको छनोट गरेको हो। मधेश प्रदेश क्रिकेट संघले कलैयाको सिद्धेश्वर खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा मधेशका आठ वटा जिल्लाले प्रतिस्पर्धा गरेका थिए ।

सो प्रतियोगिताको उपाधी सप्तरी जिल्लाले जितेको थियो। राष्ट्रिय स्तरको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा ७ वटा प्रदेश र २ वटा बिभागिय टोलि गरि कुल नौ वटा टोलि समावेश रहेको छ। प्रतियोगितामा सहभागी टोलिहरुलाई दुई समूहमा बिभाजन गरिएकोछ ।

पहिलो समूहमा गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश,सुदुरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लब रहेकोछ। दोश्रो समूहमा कोशी प्रदेश,मधेश प्रदेश,बाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब रहेकोछ ।

प्रतियोगिताको लिग चरणमा मधेश प्रदेशले आफ्नो पहिलो खेल माघ ६ गते आइतबार बिभागीय टोलि त्रिभुवन आर्मी क्लबसङ्ग खेल्नेछ। दोश्रो खेल माघ ७ गते सोमबार कोशी प्रदेशसङ्ग र तेश्रो खेल माघ ८ गते बाग्मती प्रदेशसङ्ग खेल्नेछ।

माघ १२ गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण खेलहरु कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा संचालन हुनेछ।

Leave a review