बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २५ ले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
वडा अध्यक्ष चन्दन पटेल कुर्मीले वडाकै करिब २५ लाखको लगानीमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको बताएका छन् ।
उनले आफु निर्वाचित हुदा जनतालाई दिएको वाचा पुरा गरेको बताउदै खुसी महशुस भएको बताएका छन् ।
उक्त एम्बुलेन्सले अब वडामा कोही बिरामी भए अस्पतालसम्म पुर्याउन सहज हुने समेत वडा अध्यक्ष पटेलले बताए । वडा अध्यक्ष पटेलका अनुसार एम्बुलेन्स स्वास्थ्य चौकीबाट संचालन हुने छ ।
आफ्नो वडाभित्र मात्र नभएर अन्य वडाहरुबाट समेत बिरामी बोक्नमा सहयोग पुग्ने अध्यक्ष पटेलले जनाए ।
सो एम्बुलेन्सको भाडा सामाजिक बैठकको निर्णय अनुसार तोक्ने उनको भनाई छ ।

