कलैया । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक आजै साँझ ५ बजे बस्ने तयारी छ । बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय लिने छ।
वैशाख २१ गते देखि भएको परिक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

