मानव अधिकार एलाइन्स मधेश प्रदेशको अध्यक्षमा अनिल तिवारी

साझेदारी दैनिक
345 पाठक संख्या

बारा : बाराको सिमरामा एमाले पार्टी निकट मानव अधिकार एलाइन्स मधेश प्रदेशको अधिवेशनले अनिल तिवारीको अध्यक्षतामा १७ सदस्यीय मधेस प्रदेश कमिटी चयन गरेको छ।

कमिटीको उपाध्यक्षमा तेजबहादुर खड्का,सचिवमा शिला झा,कोषाध्यक्षमा गौरी न्यौपाने,सहसचिवमा लक्ष्मी बराल रहेका छन्। मधेश प्रदेश कार्य समिति सदस्यमा सञ्जिव यादव,नरेश जयसवाल तीर्थ गौतम,दीपेन्द्र साह,प्रमोद घिमिरे लगायत चयन भएका छन्।

कमिटीलाई अगामी दिनमा पूर्णता दिएर अघि बढाउने नवनिर्वाचित अध्यक्ष तिवारीले जानकारी दिएका छन् ।

मानव अधिकार एलाइन्स मधेस प्रदेशका अध्यक्ष देवराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमकोे उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी,मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल,उपाध्यक्ष बिचारी यादव,सचिव मनोज पौडेल,मानव अधिकार एलाइन्सका केन्द्रीय महासचिव विदुर सुवेदी,प्रदेश इन्चार्ज रामस्वरुप सदाय,नेकपा एमालेका बाराका अध्यक्ष अध्यानन्द पाण्डे लगायतले मन्तब्य राखेका थिए।

Leave a review