मृत अवस्थामा बालिकाको शव फेला

साझेदारी दैनिक
229 पाठक संख्या

कलैया : बाराको पचरौता नगरपालिकामा मृत अवस्थामा एक बालिकाको शव फेला परेको छ।

बारा पचरौता नगरपालिका वडा नं ०९ कुडवा स्थित जमुनि खोलाको किनारामा पानीमा तैरी राखेको अवस्थामा अन्दाजी पाँच वर्षीय बालिकाको शव फेला परेको हो।

प्रहरी टोली खटी गइ प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी मृतक लाशको कलैया स्थितमा रहेको प्रदेशिक अस्पताल कलैया बारामा पोष्टमार्टमको लागी प्रहरीले शव पठाएको छ।

आफन्तहरुलाई आ–आफ्नो वडा एरियामा खोजतलास गरी फेला परेमा जिल्ला प्रहरी कार्यालय बारा,कलैयामा सम्पर्क गर्नको लागि जिल्ला प्रहरी कार्यालय बाराले अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले शनिबार एक प्रेस विज्ञप्ति जारी गरि जानकारी दिएका हुन्।

Leave a review

This will close in 0 seconds