जीतपुरसिमराको बजेट र खर्चमा सुधार हुँदै,पूँजीगत खर्चमा बृद्धि

रञ्जन यादव
277 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०८१।०८२ को ६ महिनामा पुँजीगत खर्चमा अहिलेसम्मकै सबैभन्दा बढि गरेको छ ।

अर्धबाषिक समिक्षा गर्दा उपमहानगरपालिकाले २०७६।०७७ मा कुल बजेटको २.३ प्रतिशत मात्र खर्च गर्न सकेको थियो । जुन कि चालु आर्थिक बर्षको ६ महिनामा कुल बजेट २ अर्ब १० करोड ५० लाख मा १९.७८ प्रतिशत पुजीगत खर्च गरेको देखिन्छ ।

जसले नगरप्रमुख राजन पौडेलको कार्यकालमा भौतिक संरचना,बाटोघाटो,पुलपुलेसा,सिँचाई,नाला लगायतको बिकाश निर्माणको कार्यमा बृद्धि भई पुँजीगत खर्चमा बृद्धि भएको संकेत गर्दछ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्मको बार्षिक बजेट र खर्चको विवरणले बजेट र खर्चमा सुधारको आवश्यकता देखाएको छ । पछिल्ला पाँच वर्षमा कुल बजेट र खर्च दुवैमा वृद्धि भए पनि पूँजीगत खर्च अपेक्षित रूपमा कम भएको पाइएको छ ।

पाँचवटा आर्थिक वर्षमा बजेट विस्तारै बढ्दै गएको छ। २०७६/०७७ मा १ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ बजेट थियो, जुन २०८०÷०८१ मा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ पुगेको छ। तर, कुल खर्चको प्रतिशत ५०.३% बाट ५६.४१% सम्म मात्र पुगेको छ। चालु खर्चमा सुधार भए पनि पूँजीगत खर्च भने अपेक्षाकृत कम रहेको छ ।

२०७६/०७७ मा कुल बजेट १३९.६ करोड,कुल खर्च ७०.२ करोड (५०.३%),पूँजीगत खर्च २०.६ करोड (३३.३१%),२०७७/०७८ मा बजेट १९६.५ करोड,कुल खर्च १३८ करोड (७०.२%),पूँजीगत खर्च ६४ करोड (६४.२५%), २०७८/०७९ मा बजेट २७३.३ करोड,कुल खर्च १४४.४ करोड (५२.८४%), पूँजीगत खर्च ६९.८ करोड (४४.९७%), २०७९/०८० मा बजेट २११.६ करोड, कुल खर्च १४१.९ करोड (६७.०८%), पूँजीगत खर्च ३८.७ करोड (४५.९३%), २०८०/०८१ मा बजेट २६६.३ करोड, कुल खर्च १५०.२ करोड (५६.४१%), पूँजीगत खर्च ५६.४ करोड (३९.३२%), विश्लेषकहरूले चालु खर्चमा सुधार भए पनि पूँजीगत खर्च वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

यो क्षेत्रको दिगो विकासका लागि आवश्यक योजना र बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनीहरूको धारणा छ ।

नगरपालिकाको बजेट र खर्चको वृत्तिले विकासको संकेत गरे पनि पूँजीगत क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता देखिएको छ । जनताको अपेक्षालाई सम्बोधन गर्न योजनाबद्ध सुधारको खाँचो रहेको स्थानीय विज्ञहरूले बताएका छन्

Leave a review

This will close in 0 seconds