पत्रकार रजकलाई न्याय दिनुपर्ने माग गर्दै हातमा कालोपटृी बाँधी विरोध

साझेदारी दैनिक
437 पाठक संख्या

कलैया : राजेश कुशवाहा / एभिन्युज टेलिभिजनका स्व.पत्रकार सुरेश रजकलाई न्याय दिनुपर्ने माग गर्दै आईतबार बाराका सञ्चारकर्मीहरुले हातमा कालोपट्टी बाँधी विरोध गरेका छन्।

नेपाल पत्रकार महासंघको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघ बाराको अगुवाईमा सञ्चारकर्मीहरुले हातमा कालोपटृी बाँधी विरोध गरेका हुन्।

पत्रकार माथिको दमन बन्द गर,स्व.पत्रकार सुरेश रजकलाई न्याय देउ,हिंसात्मक आक्रमण बन्द गर,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम बन्द होस् र पत्रकारको सुरक्षा ग्यारेन्टी गर लगायतको माग राखी बाराली सञ्चारकर्मीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन्।

नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दास,महिला उपाध्यक्ष प्रियंका दास,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान,पत्रकार महासंघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल गौरब,सदस्य साजिर मंसुर,नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष कमल उपाध्याय,पूर्व उपाध्यक्ष राकेश पाण्डेय,पूर्व सचिव जयनारायण यादव,नेपाल प्रेस युनियन बाराका जिल्ला सचिव राजेश कुशवाहा,कार्य समिति सदस्य प्रभु यादव,नरेश गुप्ता,प्रेस चौतारीका जिउत यादव लगायतकाले हातमा कालोपटृी बाँधी बिरोध गरेका हुन।

काठमाण्डौमा शुक्रबार राजाबादीहरुले गरेको आन्दोलनमा बिभिन्न सञ्चार गृहको भवनमा लगाएको आगोको समाचार संकलन गर्ने क्रममा एभिन्युज टेलीभिजनका क्यामरा मैन सुरेश रजकको आगोले जलेर मृत्यु भएको थियो ।

सञ्चारकर्मीहरुले पहिलो दिन शनिबार बिरोध सभा गरेका थिए। दोस्रो दिन आईतबार हातमा कालोपटृी बाधी बिरोध गरेका हुन्।

तेश्रो दिन सोमबार जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन बुझाउने तथा चौथो दिन मंगलबार सरोकारवाला संगठन संग छलफल गर्ने कार्यक्रम रहेको छ।

Leave a review

This will close in 0 seconds