कलैयाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहको सरुवा,सिंह आउदै

साझेदारी दैनिक
730 पाठक संख्या

कलैया। बाराको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहको आज सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साहको भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा सरुवा गरेको हो ।

उनको स्थानमा पर्साको पोखरिया नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव रामविनय कुमार सिंह आउने भएका छन् ।

साह करिब चार वर्षसम्म कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। मन्त्रालयले साहसहित ३० जना उप–सचिवको सरुवा गरेको हो।

Leave a review