कलैया । जिल्ला प्रशासन कार्यालय बाराले बाराको कलैयामा रहेको सिद्धु सिद्धार्थ स्वीटसलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ।
नमकिनमा लेभल नभएको र मिठाइ बनाउने कारखाना फोहोर तथा सरसफाइ नभएको भन्दै प्रशासनले जरिवाना गरेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए।
प्रशासनले कलैया बजारमा रहेको पसल तथा कम्पनीमा छडके अनुगमनको क्रममा मिठाई कारखानाको अनुगमन गरेको हो।
“ स्वच्छ र प्रतिस्पर्धी बजार : उपभोक्ता संरक्षणको दिगो आधार“ भन्ने मूल नाराका साथ उक्त अनुगमन गरिएको हो।
त्यस्तै प्रशासनले वाटर एटिएममा समेत अनुगमन गरेको हो । वाटर एटीएमको पानी जाँच गर्न गुणस्तर तथा नापतौल कार्यालयले लगेको सहायक प्रजिअ भट्टराईले बताए ।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको नेतृत्वमा भएको अनुगमन टोलिमा घरेलु तथा साना उद्योग कार्यालय बारा,उद्योग बिभाग कार्यालय मधेस प्रदेशका प्रतिनिधि,गुणस्तर तथा नापतौल कार्यालय वीरगंजका प्रतिनिधि,खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय वीरगंजका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय बाराका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो।

