सिमरा : बाराको जीतपुरसिमरा १७ रामनगरमा जारी प्रथम रामनगर सोनाम ल्होछार महोत्सवमा भोजपुरी सुपरस्टार लोकप्रिय गायक प्रमोद जख्मीले बेजोड प्रस्तुति गरेका छन ।
“राष्ट्रको शान,धर्म र संस्कृति हाम्रो पहिचान“ भन्ने मुख्य नाराका आयोजन भईरहेको रामनगर महोत्सवमा लोकप्रिय गायक जख्मीले महोत्सवको तेस्रो दिन बुधबार साँझ बेजोड भोजपुरी गायन सहित दर्शकहरुलाई झुमाएका छन ।
महोत्सवको तेस्रो दिन बुधवार नेपाली लोकप्रिय गाईका शान्तिरानी परियारले पनि बेजोड प्रस्तुति गरेका दर्शकहरुको मन जित्न सफल भएकी थिईन । यसैगरी अर्का लोकप्रिय गायक देबेन्द्र कार्की र स्थानीय गायक हिरा दोङ्गको पनि बेजोड प्रस्तुति रहेको थियो ।
महोत्सव स्थानीय नेपाल तामाङ् घेदुङ वडा कार्यसमिति,रामनगर युथ क्लबको संयुक्त आयोजनामा भईरहेको छ । महोत्सवको व्यवस्थापन लालिगुराँस कृयशन मिडिया प्रालि,मिडिया पार्टनरमा साझेदारी राष्ट्रिय दैनिक,महोत्सवको संरक्षका जीतपुरसिमरा उपमहानगरपालिका र वडा नम्बर १७ को वडा कार्यालय रहेका छन ।
यही माघ २० गतेसम्म चल्ने महोत्सवको चौथो दिन विहीबार आज लोकप्रिय गायक विशाल काल्तान,गायिका विन्दु परियार,गायक सानुबावु घिसिङ र स्थानीय गायक च्वायस दोङ लगायतकाले प्रस्तुतिकरण गर्ने आयोजकका संयोजक साजन दोङले जानकारी दिएका छन ।

