ईलाका प्रशासन कार्यालय सिमरा भाडा तिर्नबाट हुने भयो मुक्त

रञ्जन यादव
471 पाठक संख्या

बाराको सिमरास्थित ईलाका प्रशासन कार्यालय,सिमरा भाडाको घरबाट मुक्त हुने भएको छ।

यस्को साथै ३५ वर्ष पछि भाडाको घरबाट सञ्चालन हुँदैँ आएको ईलाका प्रशासन कार्यालय सिमरा एयरपोर्ट रोड स्थित पुरानो ईलाका प्रहरी कार्यालय सिमराको भवनमा सर्न लागेको हो ।

भूमि ब्यवस्थापन तथा अभिलेख बिभागले २०८१ साल भाद्र १९ गते मालपोत कार्यालय सिमरालाई यसबारेमा पत्र लेखेको हो । पत्रमा २ कठ्ठा ८ धुरमा रहेको पुरानो ईलाका प्रहरी कार्यालय सिमराको भवनलाई ईलाका प्रशासन कार्यालय सिमरालाई हक भोग गर्न दिन भनेको छ ।

बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ(किसान) सहितको टोली भूमि ब्यवस्थापन तथा अभिलेख विभागको पत्र बोकी मालपोत कार्यालय सिमरा पुगेको थियो । ईलाका प्रहरी कार्यालय सिमरा नयाँ आफनो भवनमा सरेपछि पुरानो भवन ट्राफिक प्रहरी कार्यालय सिमराले प्रयोग गर्दै आएको थियो ।

जेठ २७ गते गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय बारा र मालपोत कार्यालय सिमराको नाममा पत्र लेखि ईलाका प्रहरी कार्यालय सिमरा बाराको नाममा रहेको जग्गा सरकारी जग्गा दर्ता,उपयोग तथा लिजमा उपलब्ध गराँने सम्बन्धि कार्यनिती २०७९ को दफा ३ को उपदफा ६ को प्रयोजनार्थ दफा ४ को उप दफा (२) को देहाय ̋कˮ बमोजिम ईलाका प्रशासन कार्यालय सिमराको नाममा स्वीकृतीको लागि सिफारिस सहित पठाईएको ब्यहोरा २०८१ साल जेठ २४ गतेको सचिवस्तर को निर्णय अनुसारको अनुरोध छ भनी पत्र लेखेको थियो ।

Leave a review