लक्ष्मीपुरमा निशुल्क ऑखा शिविर सम्पन्न

साझेदारी दैनिक
336 पाठक संख्या

कलैया :पर्साको लक्ष्मीपुरमा नि.शुल्क ऑखा शिविर सम्पन्न भएको छ ।

जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ लक्ष्मीपुरमा जनमत पार्टीको आयोजना तथा वीरगंज सामुदायिक ऑखा केन्द्रको प्राविधिक सहयोगमा नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको प्राङ्गणमा बुधबार एक कार्यक्रम बीच नि.शुल्क ऑखा शिविर सम्पन्न भएको हो ।

जनमत पार्टीका बृजेशवर प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि २ का वडा अध्यक्ष नेपाली प्रसाद कुशवाहा रहनु भएका थिए ।

सो शिविरबाट १ सय ७६ जना लाभान्वित भएका छन् भने मोतियाविन्द का ६३ जना बिरामी भेटिएका छन् । ३९ जनालाइ निःशुल्क ड्रप पनि वितरण गरिएको डाक्टर महेश सिंहले बताएका छन् ।

मोतियाविन्दका बिरामीहरुलाइ माघ १७ गते बिहीवार वीरगंजमा रहेको वीरगंज सामुदायिक ऑखा केन्द्रमा नि.शुल् शल्यक्रिया गरिने डाक्टर सिंहले बताए ।

Leave a review

This will close in 0 seconds