रञ्जन यादब /
बारा प्रहरीले आज भारत निकासीकालागि राखिएको ८० बोरा छोकडा बरामद गरेको छ । बिशेष सुराकीको आधरमा जिल्ला प्रहरीको कार्यालयबाट गएको प्रहरीको टोलीले ८० वटा बोरामा राखिएको ३५ क्वीन्टल छोकडा बरामद गरेकोे जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
बिश्रामपुर गाउँपालिका वडा नं.४ बलिरामपुर टोलको बाटो हुँदै नेपालबाट भारततर्फ चोरी निकासीकालागि थुपारिएर राखिएको छोकडा बरामद गरिएको प्रहरी प्रबक्ता मिश्रले बताउँनुभयो । बलिरामपुरमा दशगाँजा क्षेत्र नजिकै सुरेन्द्र साहको घरमा तस्करहरु छोकडा थुपारेर राखेको थिए ।
चोरी निकासीकालागि तस्करहरुले थुपारे राखेको छोकडाको मुल्य करिब ५ लाख २५ हजार रहेको छ । । बेवारिसे अवस्थामा बरामद छोकडालाइ आवश्यक कार्बाहीकोलागि भन्सार कार्यालय बिरगंज पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।