अबैध लागु औषध अफिमसहित एक पक्राउ

संदिप प्रसाद यादव
273 पाठक संख्या

कलैया : बारामा प्रहरीले लागुऔषध अफिम सहित एक जनालाई पक्राउ गरेको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा चोकबाट आईतबार अबैध लागु औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठका ४५ वर्षीय भीमलाल मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन ।

उनको साथ बाट ३ किलो ४४ ग्राम अफिम बरामद गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले मोक्तान लाई अबैध लागुऔषध अफिम सहित पक्राउ गरेको हो । उनी माथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds