बारा : जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सहकारी संस्थाहरूलाई सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ अनुसार नियम पालना गरी संस्थाहरू सञ्चालन गर्न आग्रह गरेको छ ।
नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ कि सहकारी संस्थाहरूले आफ्ना आर्थिक कारोबारहरू पारदर्शी रूपमा गर्नुपर्नेछ। साथै,संस्थाहरूले आफ्नो वार्षिक साधारण सभा समयमै सम्पन्न गर्नुपर्ने,सदस्यहरूको विवरण अद्यावधिक गर्नुपर्ने,तथा विद्युतीय अभिलेख (कोपोमिस प्रणाली) मा आवश्यक विवरणहरू राख्नुपर्ने निर्देशन दिइएको छ।
साधारण सभा सम्पन्न गरेको फाईलहरु माघ मसान्तसम्ममा बिवरण बुझाउँन बुझाउँन अनुरोध गरिएको छ ।सहकारी ऐन २०७४ अनुसार कुनै पनि व्यक्ति एकभन्दा बढी सहकारी संस्थाको सञ्चालनमा संलग्न हुन नपाइने प्रावधान रहेको उल्लेख गर्दै,नगरपालिकाले संस्थाहरूलाई सो व्यवस्था पालना गर्न आग्रह गरेको छ।
यदि कुनै संस्था नियम विपरीत सञ्चालित भएको पाइएमा नियमानुसार कारबाही गरिने चेतावनी दिइएको छ । नगरपालिकाका अधिकृत सातौँद्धारा हस्ताक्षरित सूचनामा सहकारी संस्थाहरूले तत्कालै आवश्यक जानकारी अद्यावधिक गर्नुपर्ने र नियमअनुसार चल्नुपर्ने स्पष्ट उल्लेख छ।


