बाराको सिमरा स्थित एक होटलबाट २ लाख ९१ हजार नगद सहित ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बारामा प्राप्त सूचना अनुसार होटलमा रेड गर्दा ६ जना जुवाडे र एक जना होटल सञ्चालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
सिमरामा रहेको होटल न्यू सगुनमा कौडा खेलाईरहेको साँझ ४ बजे सूचना प्राप्त हुने वित्तिकै सिमराका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद २ लाख ९१ हजार ५०० रुपैया र १६ वटा कौडा समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रमुख कृष्ण पंगेनीले जानकारी दिए ।
पक्राउ परेका सवै जनालाई ईलाका प्रहरी कार्यालय, सिमरामा राखिएको छ । उनीहरुलाई जुवा ऐन अन्तर्गत अधिकतम एक वर्ष कैद जरीवाना समेत हुने प्रहरी प्रमुख पंगेनीले जानकारी दिए ।