कलैया । बारा प्रहरीले अवैध समानसहित ट्रक नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटीएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.७ जीतपुर चोक स्थितमा वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको लु १ ख ७९६९ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा अवैध समानसहित ट्रक नियन्त्रणमा लिइएको हो ।
सो ट्रकमा बिल बिजक भन्दा बढि समान रहेको र समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. २९ लाख ४८ हजार ९ सय ५३ रूपैया बराबरको ट्रकमा लोड रहेको हाडवेयर सामान ९ अल्मुनियम सिट,एस.एस हेण्डल,एस.एस टवेयर वेल्ट,इलेक्ट्रो पेन्टिङ वेयर,कटप मेसिन,सब विलेट,बालनट इन्सेल लगायत समानहरू बरामद गरेको प्रहरीले जनाएको छ
अवैध समानसहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्

