पचरौता २ का वडाध्यक्ष यादव पक्राउ

साझेदारी दैनिक
371 पाठक संख्या

कलैया : बाराको पचरौता नगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज यादवलाई प्रहरीले अंगभंग तथा कुटपिट मुद्धामा पक्राउ गरेको छ ।

उनलाई अनुसन्धान गर्न प्रहरीर्ले कलैयाबाट शुक्रबार साँझ पक्राउ गरेको हो ।

बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश सापकोटाले वडाध्यक्ष यादवलाई पक्राउ गरिएको जानकारी दिए । वडाध्यक्ष यादवमाथि स्थानीय मुन्नाकुमार साहसहितका व्यक्तिलाई कुटपिट गरेको आरोप छ ।

केही महिना अघि भएको उक्त घटनामा वडाध्यक्ष यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय बाराले जाहेरी नलिएपछि साहले उच्च अदालत वीरगन्जमा रिट दायर गर्नुभएको थियो ।

साहको रिटमा उच्च अदालतले वडाध्यक्ष यादवमाथि मुद्धा दर्ता गरी अनुसन्धान गर्न परमादेश जारी गरेको थियो । अदालतको परमादेशपछि प्रहरीले गुप्तालाई पक्राउ गरेको जनाईएको छ ।

Leave a review