प्रधानाध्यापक दुबेको निधनपछि कलैयाका सामुदायिक विद्यालयमा आधा दिन शोक बिदा

साझेदारी डेलि
31 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका–२५ स्थित श्री बौद्धीमाई आधारभूत विद्यालय सिसहनियाका प्रधानाध्यापक नन्दकिशोर दुबेको निधनप्रति कलैया उपमहानगरपालिकाले दुःख व्यक्त गर्दै सामुदायिक विद्यालयमा आधा दिन शोक बिदा दिने निर्णय गरेको छ।

उपमहानगरपालिकाले जारी गरेको शोक वक्तव्यमा प्रधानाध्यापक दुबेको २०८३ भदौ २५ गते असामयिक निधन भएको उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ। साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।

उपमहानगरपालिकाको निर्णयअनुसार भदौ २६ गते शुक्रबार दिउँसो १ः३० बजेदेखि आधा दिन कलैया उपमहानगरपालिका मातहतका सबै सामुदायिक विद्यालयमा सार्वजनिक शोक बिदा दिइने भएको छ। उपमहानगरपालिकाले सम्बन्धित सबैलाई उक्त शोक बिदाबारे जानकारी गराउनसमेत अनुरोध गरेको छ।

Leave a review