नव निर्मित विद्यालय भवनको भयो उद्घाटन

साझेदारी दैनिक
207 पाठक संख्या

बारा :राजेश कुशवाहा/ द अग्रवाल फाउण्डेशनले बाराको कलैया स्थित ३ चन्द्र माध्यमिक विद्यालयमा करौडोको लगानीमा निर्माण गरेको नव निर्मित विद्यालय भवनको बुधबार उद्घाटन गरिएको छ ।

करिब १२ करोड रुपैयाँको लागतमा निर्माण गरिएको विद्यालय भवनलाई फाउण्डेशनका संस्थापक डा. बजरङ्ग अग्रवाल सुमित्रा देबि शिक्षालयको रुपमा उद्घाटन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि एवम् द अग्रवाल फाउन्डेसनका अध्यक्ष डा. बजरङ्ग अग्रवालले एक कार्यक्रमका बीच उक्त शिक्षालयको उद्घाटन गरेका हुन्। सो अवसरमा बोल्दै डा. अग्रवालले आफनो मातृभूमिमा शैक्षिक बिकासमा सहयोग गर्न पाएकोमा खुशी लागेको बताए।

उनले आफनो स्व. बुवा ताराचन्द अग्रवालले कलैयामा गरेका सामाजिक कार्यहरुले आफुलाई समाज सेवामा लाग्न प्रेरणा मिलेको बताए । उनले अमेरिकामा रहेपनि आफनो मन मातृभूमि कलैयामा रहने बताए। उक्त अवसरमा बोल्दै समाजसेवी तथा मारवाडी सेवा समितिका पूर्व अध्यक्ष निरन्जन अग्रवालले आफ्नै निगरानीमा विद्यालय भवनको निर्माण सम्पन्न भएको बताए।

उनले मधेश प्रदेशमै सुबिधा सम्पन्न विद्यालय भवन निर्माण भएकाले यस्को संरक्षणमा लागन सबै संग आग्रह गरे।

उक्त अवसरमा बोल्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले फाउण्डेशनले बिना कुनै स्वार्थ शिक्षामा लगानी गरेर ठुलो योगदान गरेको बताए ।

उक्त कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका सह महामन्त्री तथा नेपाल सरकारका पुर्व मन्त्री फरमुल्लाह मन्सूरले अग्रवाल फाउन्डेसनले गरेको योगदान लाई नेपाली शिक्षा जगतले सधै स्मरण गर्ने बताए ।

उक्त अवसरमा प्रतिनिधि सभा सदस्यहरु ज्वालाकुमारी साह,अच्युत मैनाली,संविधान सभा सदस्य प्रमोद गुप्ता,प्रदेश सभा सदस्य रबिन्द्र दास श्रेष्ठ,महमद समीर,जिसस बारा प्रमुख नरेन्द्र साह,कलैया उपमहानगरपालिकाका उप प्रमुख रोशन प्रविण,कलैया उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर क्षेत्री लगायतकाको सहभागिता रहेको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिओम साह सोनारको अध्यक्षतामा उक्त कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक नरेन्द्र गिरी एवम् सञ्चालन अनिल गौरवको रहेको थियो ।

उक्त अवसरमा द अग्रवाल फाउन्डेसनको संस्थापक डा.बजरङ्ग अग्रवाललाई बारा सदरमुकाम कलैयामा पुष्प वर्षा सहित भब्य स्वागत गरिएको थियो।

Leave a review

This will close in 0 seconds