महागढीमाई नगरपालिकामा हरितालिका तीज विशेष कार्यक्रममा

साझेदारी दैनिक
595 पाठक संख्या

बाराको महागढीमाई नगरपालिका द्वारा आयोजित हरतालिका तीज विशेष र जेष्ठ नागरिक समान कार्यक्रम आज शनिबार गरिएको छ ।

तीज विशेष र समान कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश नेपाली कांग्रेसको उपसभापति चन्द्र शेखर यादवले हरितालिका तीज सबभन्दा ठूलो र महत्त्वपूर्ण पर्बको रुपमा महिलाहरुले यस ब्रर्तलाई मानिएकोछ । हरितालिका तिज भादौं शुक्ला पक्ष तृतियाको दिन पार्बती माताले शिव जी लाई प्राप्त गर्नको लागि मनाइएको थियो ।

त्यसपछि बिवाहित महिलाले आफ्नो पतिको लामो आयूको लागि र परिवारको सुख शान्तिको लागि मनाइने गरेको उपसभापति यादवले बताए ।

कार्यक्रमको अध्यक्षता गर्दै महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवले नगरपालिकामा हरेक बर्ष जस्तै यसपालि हरतालिका तीज कार्यक्रम महिलाहरुको लागि गरिएकोछ। आफ्नो श्रीमानको लामो आयूको लागि व्रत गरेर मात्र लामो आयू नपाउने नगरप्रमुखले बताए । श्रीमानसंग कान्धामा कान्ध मिलाएर श्रीमानको कार्यमा सहयोग गर्नु र श्रीमानसंग राम्रो बोली वचन र पर्तलाप गर्नाले घरमा सुख शान्ति मिलेपछि श्रीमानको आयू लामो हुन्छ।

घरलाई स्वर्ग र नर्क बनाउने काम महिलाको हातमा हुन्छ।घरको लक्ष्मी महिला नै हुन्छ ।बालबालिकालाई राम्रो संस्कार दिएमा तपाईंको छोरा छोरी देशको पदिय ब्यक्ति बन्न सक्ने नगरप्रमुखले बताए ।हरतालिका तीज महत्त्वपूर्ण ब्रर्त भएको हुनाले घर घरका महिलाले यस ब्रर्तलाई मनाउने गरेकाछन ।

कार्यक्रममा १ जना ज्येष्ठ दम्पतीलाई नगरप्रमुखले दोसला ओढार सम्मान गरेका छन । भने नगरप्रमुख यादवले मधेस प्रदेश नेपाली कांग्रेसका सहमहामन्त्री जयनरायण यादवलाई विशेष सम्मान गरेको थियो ।

कार्यक्रममा मधेस प्रदेश नेपाली कांग्रेसका सहमहामन्त्री जयनरायण यादव,महागढीमाई नगरपालिका वडा अध्यक्षहरु ,स्वास्थ शाखाका प्रमुख बिजय कुश्वाहा ,पालिकाका क्रमचारी ,नगरप्रहरी , बरियारपुर चौकीका इन्चार्ज प्रमोध साह, संचारकर्मी तथा कार्यक्रममा पचिस सय भन्दा बढी बर्तालु महिलाहरुको उपस्थित रहेको थियो ।

Leave a review