पर्सामा अबैध काठ र दाउरा बरामद,एक जना पक्राउ

साझेदारी दैनिक
134 पाठक संख्या

पर्सा : बनगस्ती टोलीले पर्साको विभिन्न स्थानबाट अवैध काठ र राउरा बरामद सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको जीराभवानी गाउँपालिका वडा नं. ५ शान्ति टोलबाट पर्सा वन कार्यालयको टोलीले अवैध रूपमा ओसारपसार गरिँदै गरेको काठसहित एक जनालाई पक्राउ गरेको छ।

यसरी पक्राउ पर्नेमा जीराभवानी गाउँपालिका वडा नं. ३ सेढ्वा बस्ने २७ वर्षीय धिनेस माझी रहेका छन्। बसन्तपुर सब डिभिजन वन कार्यालयका फरेस्टर श्रवन कुमार महतो नेतृत्वको टोलीले काठ सहित मानिसलाई पक्राउ गरेको जनाएको छ

माझीको साथबाट साइकलमा लोड गरिएको १.१७ क्युफिट गोलिया काठ बरामद गरिएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले बताएका छन ।

त्यस्तै, वन गस्ती टोलीले आठवटा साइकलमा लोड गरिएको करिब ९ क्विन्टल दाउरा समेत बरामद गरेको छ। उक्त दाउरा कसको थियो भन्ने बारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ । बन गस्ती टोलीलाई देखेर साईकल सहितको दाउरा छाडेर दाउरा चोरहरु फरार भएका छन् ।

त्यस्तै सबैया साझेदारी बन क्षेत्रमा वन सुरक्षा टोलिले ठूलो परिमाणमा अवैध दाउरा बरामद गरेको जनाईएाके छ । रेञ्जर भुपाल रोकायको कमाण्डमा गएको बन गस्ती टोलीले ३० ओटा साइकल मिश्रित जातको दाउरा सहित बरामद गरिएको हो ।

यसैगरी २५ वटा साइकलहरू जङ्गलमा नै काटेर छोडिएको थियो । बरामद भएको दुई ट्रयाक्टर दाउरा जफत गरिएको छ ।

Leave a review

This will close in 0 seconds