सिमरा खानेपानी सरसफाइ उपभोक्ता समितिको वृत्तचित्र प्रदर्शन

रञ्जन यादव
393 पाठक संख्या

बाराको सिमरा स्थित सिमरा खानेपानी सरसफाइ उपभोक्ता समितिले वृत्तचित्र प्रदर्शन गरिएको छ ।

एक कार्यक्रमको आयोजना गरी समितिले संस्थाको इतिहास र वर्तमान योजना समेटेर तयार पारिएको वृत्तचित्र र स्मारिका विमोचन गरिएको थियो ।कार्यक्रममा जेष्ठ नागरिक एवम् तत्कालिन पिपरा सिमरा गाउँ पञ्चायतका पूर्वप्रधानपञ्च मुकुन्दप्रसाद उपाध्याय,जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी र संस्थाका अध्यक्ष कासिम हुसेनले वृत्तचित्र र स्मारिका विमोचन गरेका थिए ।

२०५४ सालमा स्थापना भएको सिमरा खानेपानीको विषयमा उपभोक्ता र आमनागरिकलाई सुसूचित गराउने उदेश्यले वृत्तचित्र र स्मारिका तयार गरिएको हो।

बाराका पत्रकार उपेन्द्र ठाकुरले वृत्तचित्र र स्मारिका तयार गरेका हुन् । संस्थाका अध्यक्ष हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी,उपभोक्ता लगायतको उपस्थिति रहेको थियो ।

Leave a review