जीतपुर : स्थानीय युवाहरूलाई उद्यमशीलता,स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रोत्साहित गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरामा गर्न लागेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका र राष्ट्रिय युवा परिषद् तथा सानोठिमी भक्तपुरको सहकार्यमा उपमहानगरपालिकाले उक्त तालिम गर्न लागेको उपमहानगरपालिकाको बरिष्ठ उद्यम सहजकर्ता दिपनारायण रायले जानकारी दिए ।
नगर प्रमुख राजन पौडेलको निर्देशनमा स्थानीय युवाहरूलाई उद्यमशीलता,स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रोत्साहित गर्न सात दिने “उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम आयोजना गर्न लागिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
१६ देखि ४० वर्ष उमेर समूहका नयाँ उद्यमी तथा व्यवसाय दर्ता गरी ब्यवसाय सुधार गर्ने सोचमा रहेका इच्छुक युवाहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको यस तालिमका लागि आवेदन दिने समय २०७९ पुस १९ गतेभित्र तोकिएको थियो ।
आवेदन दिएकामध्ये ३५ जना तालिमको लागि छनोट भएका छन् । तालिम माघ २७ गतेदेखि फागुन ३ गतेसम्म चल्ने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

