एचपिभि खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम पचरौतामा

साझेदारी दैनिक
298 पाठक संख्या

कलैया : पचरौता नगरपालिकाको स्वास्थ्य शाखाको अयोजनामा एचपिभि खोप अभियान सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ।

नगरपालिकाको सभाहलमा पत्रकार तथा विद्यालयका शिक्षकहरुलाई पालिका स्तरीय १ दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो।

खोप कार्यक्रमको लक्ष्य,उद्देश्य,उपलब्धी,अवस्थाबारे जानकारी गराउने उद्देश्य सो अन्र्तक्रिया रहेको हो। कार्यक्रममा पाठेघरको मुखको क्यान्सर निवारण,रणनीति,एच.पि.भि.खोप अभियानको औचित्य र सञ्चालन प्रक्रिया बारे सो अवसरमा जानकारी गराइएको हो।

खोप समन्वय समिति संचार क्षेत्र र सरोकारवालाहरुको भूमिका र जिम्मेवारी बारे जानकारी गराउने उद्देश्यले सो अन्तरक्रिया गरिएको हो। अभियान संचालन योजना,तयारी अवस्था बारे सो अवसरमा छलफल गरिएको हो।

अभियान सफल बनाउन स्थानीय स्तरबाट आवश्यक थप सहयोग बारे छलफल समेत सो कार्यक्रममा गरिएको हो। श्रोतको पहिचान,परिचालन र जिम्मेवारी बाँडफाँडको योजना बनाउने लगायतको विषयमा छलफल गर्न कार्यक्रम सञ्चालन भएको हो ।

पचरौता नगरपालिकामा सञ्चालन हुने एच.पि.भि. खोप आगामी फाल्गुन ४ गते देखि ६ गते सम्म संचालन हुने सो अवसरमा जानकारी दिइएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा पचरौता नगरपालिकाका नगर प्रमुख जलंधर सिंहले अभियानलाई सफल बनाउन पचरौता नगरवासीसंग आग्रह गरे। उनले यसमा सबैको सहयोग रहने विश्वास व्यक्त गरे।

खोप अभियानमा छात्रा र किशोरीहरुलाइ खोप दिइने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद साहले जानकारी दिए।

सो कार्यक्रममा पचरौता नगरपालिकाकी उपप्रमुख नसीमा खातुन,प्रशासकीय अधिकृत गौरी साह,पालिका प्रवक्ता तथा वडा अध्यक्ष लक्ष्मी यादवको विशेष सहभागिता रहेको थियो।

कार्यक्रममा गगनदेवप्रसाद यादव,धेनुक राउत कुर्मी,प्रेम चौधरी,शिक्षा संयोजक बसन्तराज जोशी,शिक्षा सहायक मुकेश सिंह,समाजसेवी,भैयाराम सहनीको समेत विशेष सहभागिता रहेको हो।

कार्यक्रममा विद्यालयका शिक्षक,सञ्चारकर्मी तथा स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमलाई प्रशिक्षण बिजय शंकर ठाकुरले दिए।

Leave a review

This will close in 0 seconds